पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा र उद्धारबारे परराष्ट्र मन्त्रालयको ब्रिफिङ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

18
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा विकसित पछिल्लो सुरक्षा अवस्था र त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे सरकार गम्भीर रूपमा निगरानी गरिरहेको जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरान–इजरायल तनाव तथा लेबनानको अवस्थालाई नजिकबाट अनुगमन भइरहेको जानकारी दिए।

मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सहायताका लागि स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रुम’ मा हालसम्म ३०३ पटक सम्पर्क गरिएको छ। पछिल्लो ४८ घण्टामा भने कुनै नयाँ समस्या वा सम्पर्क नआएको मन्त्रालयले जनाएको छ।

हालसम्मको विवरणअनुसार उक्त तनावका क्रममा एक जना नेपालीको मृत्यु भएको र २८ जना घाइते भएको तथ्यांक यथावत् छ। इरानमा रहेका ११ नेपालीमध्ये २ जना स्वदेश फर्कने तयारीमा छन् भने ८ जनाले तत्काल फर्कन अनिच्छा देखाएका छन्।

इरानमा बन्धक बनाइएको पानीजहाजमा रहेका नेपाली नागरिक अमृत झासहित ३ जनाको रिहाइ प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। सोही जहाजका ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन्।

यसैबीच, दक्षिण–पूर्वी एसियाली देशहरूमा सञ्चालनमा रहेका अनलाइन ठगी केन्द्रहरूबाट ६१२ जना नेपालीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना रहेका छन्। थप ५३ जनालाई ट्राभल डकुमेन्ट तयार गरी स्वदेश फिर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पश्चिम एसियाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रोकिएको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु गरिएको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा श्रम मन्त्रालयले सबै श्रम गन्तव्यका लागि स्वीकृति खुला गरेको हो।

यो समाचारमा

परराष्ट्र मन्त्रालयइरानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...