काठमाडौँ प्रहरीले १,०९७ आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार गर्‍यो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

20
Share
Featured

काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले आपराधिक पृष्ठभूमि भएका १ हजार ९७ जनाको विस्तृत प्रोफाइल तयार गरेको छ। गुण्डागर्दी, लागुऔषध, चोरी तथा अन्य आपराधिक गतिविधिमा संलग्न वा संलग्न हुन सक्ने व्यक्तिहरूको विवरण संकलन गरी प्रोफाइलिङ गरिएको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका एसपी पवन भट्टराईले अनुसन्धानका क्रममा अपराधसँग सम्बन्ध (‘कनेक्सन’) देखिएका तथा शङ्कास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गरी प्रोफाइल तयार गरिएको जानकारी दिए। उनका अनुसार यसले अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, प्रहरीले हिरासतबाट फरार भएका व्यक्तिहरूको विवरण पनि डिजिटल माध्यममा अद्यावधिक गरेको जनाएको छ। कागजात अभावको फाइदा उठाएर खुला रूपमा हिँडडुल गरिरहेका व्यक्तिहरूको पहिचान गर्न यो प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले बताए।

साथै, ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीलगायत घटनासँग सम्बन्धित ३ हजार २७२ फाइललाई डिजिटाइज गरिएको पनि प्रहरीले जनाएको छ। यसले तथ्यांक व्यवस्थापन र अनुसन्धान प्रक्रिया अझ व्यवस्थित हुने विश्वास लिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...