सभामुख अर्याल : संसदीय पहुँच सरल बनाउँदै नयाँ नजिर स्थापित गर्ने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

16
Share
Featured

काठमाडौँ

डोल प्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई थप सरल, खुला र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरवारमा शुक्रबार आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले आफू सहजै पहुँच (एक्सेस) दिने व्यक्ति भएको उल्लेख गर्दै पुराना नजिरहरू परिवर्तन गरी समयअनुकूल नयाँ अभ्यास स्थापित गर्नुपर्ने बताएका हुन्।

अन्तर्क्रियामा पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले संसद्को कामकारबाहीमा देखिएका समस्या समाधानतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए। संसद् कक्ष साँघुरो भएकाले व्यवस्थापकीय कठिनाइ देखिएको स्वीकार गर्दै उनले भवन तथा बैठक कक्षको उचित व्यवस्थापनपछि समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्‌लाई अझ खुला र मैत्रीपूर्ण बनाउने योजना रहेको बताए। पत्रकारहरूले सिंहदरबार प्रवेशमा भोग्नुपरेका कठिनाइबारे उठाएको विषयमा उनले सुरक्षा निकायसँग समन्वय गरी समाधान खोजिने आश्वासन दिए।

त्यसैगरी, संसद् बैठक र संसदीय समितिहरूमा पत्रकारहरूको पहुँचलाई अझ सहज र व्यवस्थित बनाउन सचिवालयसँग तत्काल छलफल अघि बढाइने उनको प्रतिबद्धता छ।

यो समाचारमा

काठमाडौँसिंहदरवारडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...