फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

47
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ, आवश्यक कागजातसहित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया चलिरहेको छ।
  • उम्मेदवारीका लागि नागरिकता/मतदाता परिचयपत्र, मतदाता नामावलीको निस्सा, प्रस्तावक–समर्थक विवरण, धरौटी रकम (विशेष समूहलाई ५०% छुट) तथा दलबाट उम्मेदवार भए औपचारिक मनोनयन पत्र अनिवार्य गरिएको छ।
  • मनोनयन दर्तासँगै राजनीतिक दलहरूको गतिविधि तीव्र बनेको छ र निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।

प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था छ। दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।

उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।

यसका साथै उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक निस्साहरू पनि पेस गर्नुपर्नेछ।

मनोनयन दर्तासँगै देशभर राजनीतिक दलहरूका गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल बढेको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...