फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

33
Share
Featured

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा खड्गप्रसाद शर्मा ओलीझापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेलदाङ–२, – कैलाली–४, महेश बस्नेत – भक्तपुर–२, – गुल्मी–१, ईश्वर पोखरेल – काठमाडौँ–५, लीलानाथ श्रेष्ठ – सिराहा–३, अजय गुप्ता – रौतहट–१, हरि उप्रेती – सर्लाही–३, तिलक महत – नवलपुर–२, मिलन गुरुङ – गोरखा–२, बद्री मैनाली – नुवाकोट–१, सूर्य ढकाल – बाँके–१, दलबहादुर सुनार – बाँके–३, विश्राम चौधरी – कपिलवस्तु–१, सुहाङ नेम्वाङ – इलाम–२, लक्ष्मी महतो कोइरी – महोत्तरी–१, ध्रुव शाही – सुर्खेत–१, कलाधर देवकोटा – सुर्खेत–२, गुलाबजंग शाह – सल्यान, मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी – बैतडी, गणेश ठगुन्ना – दार्चुला रहेको छ ।

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने एमालेले जनाएको छ ।

यो समाचारमा

महेश बस्नेतमहोत्तरीसुर्खेतबैतडी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)23 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...