
रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता-कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको जानकारी दिएका हुन् ।उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए...