यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १८ निर्णयहरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

31
Share
Featured

काठमाडौँ


सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनको अनुसार सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत गर्ने लगायत १८ वटा निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु

१.कोलम्बो प्लानको नवौँ महासचिव पदमा । मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने ।

२.नेपाल र मौरिससबिच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने ।

३. सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेडको संस्थापना गर्न ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयलाई स्वीकृति दिने ।

४.कानून, न्याय तथा नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने ।

५.कृषि तथा पशुपन्छी आर्थिक वर्ष २०८२÷८३ को लागि कृषकले उत्पादन गरेको उखुको । न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ६२०।– निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्वीन्टल रु. ७०÷– कायम गर्ने

६ कृषि तथा पशुपन्छी २०८२ मङ्सिर २९ र पुस १ गते भुटानको थिम्पुमा आयोजना हुने विषयक कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपक कुमार खनाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

७.यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा श्री दिपक सुवेदीको अध्यक्षतामा श्री शरद अधिकारी र श्री योगेन्द्र नाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने ।

८.२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगलागीमा परी मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने ।

९.संवत् २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने ।

१०.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

११.सन् १९७३ मा फिलिपिन्सको मनीलामा आयोजना भएको पहिलो एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा कास्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व म्याराथुन धावक । एवं ओलम्पियन श्री जीत बहादुर के.सी. लाई सम्मान स्वरूप नगद २५ लाख रुपैंयाँ प्रदान गर्ने ।

१२. नेपाली सेनाका तीन जना महासेनानीहरूको सरूवा गर्ने, एक जना सहायक रथीको पदावधि थप गर्ने र एक जना सहायक रथीको उपरथीमा विशेष बढुवा गर्ने ।

१३.महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

१४.सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

१५.मेहेलकुना–खटाङ्ग–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजना, सुर्खेतलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तोक्ने।

१६. १० जिल्ला (इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्वत, मोरङसुनसरी) का ९४,५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने ।

१७ .आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

१८. नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव श्री राजेन्द्रकुमार पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, । कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

यो समाचारमा

भुटानचितवननेपाली सेनाकृषि तथा पशुपन्छी विकास मन्त्रालय
मोरङ26 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...