काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी तोलाको चार हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला एक सय २५ रूपैयाँले सस्तिएको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।