डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

5
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘थ्री डी’—डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राख्नुपर्ने बताए।
  • नेपालले गरिबी निवारणमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै बदलिँदो चुनौतीका लागि नयाँ विकास रणनीति आवश्यक रहेको बताए।
  • प्रविधि, युवा जनशक्ति र विदेशमा रहेका नेपालीको सीप तथा पुँजी परिचालन गरेर समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई डोहोर्‍याइरहेको बताए।

अर्थमन्त्री वाग्लेले नेपालले गरिबी निवारणमा अभूतपूर्व सफलता हासिल गरेको उल्लेख गर्दै सन् १९९५ मा ५५ प्रतिशत रहेको गरिबीको दर हाल १ प्रतिशतभन्दा तल झरेको जानकारी दिए। यद्यपि, विकासका चुनौतीहरू बदलिएकाले अबका दिनमा नयाँ रणनीति आवश्यक रहेको उनको भनाइ थियो।

युएनडिपीसँगको साझेदारीलाई ऐतिहासिक र गौरवपूर्ण भन्दै डा. वाग्लेले सन् १९६० को दशकदेखि पूर्वाधार विकास र ९० को दशकको सहभागीमूलक विकासका मोडलहरूमा युएनडिपीले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले बदलिँदो विश्व परिवेशमा नेपालको समृद्धिका लागि प्रविधि, युवा जनशक्ति र विदेशमा रहेका नेपालीहरूको सीप र पुँजीलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र नियमनका लागि छुट्टै कानुनसहित १६६ वटा विधेयकहरू सङ्घीय संसदमा ल्याउने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले बुधबार सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर यी विधेयकहरूको विस्तृत सूची बुझाएकी

    Data is loading...

    Loading brands...

    Loading footer...