मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Author

सजिलो पत्रिका

२०८३ साउन ०१, शुक्रबार

9
Share
Featured
  • नेपाल टेलिकमले मुगुको सोरुकोट र बाजुराका नेटा तथा कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
  • नयाँ फोरजी सेवाबाट दुर्गम बस्तीमा उच्च गतिको इन्टरनेट, भ्वाइस र एसएमएस सेवाको पहुँच पुगेको छ।
  • यसले शिक्षा, स्वास्थ्य, सरकारी सेवा र स्थानीय आर्थिक–सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ । टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नं ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । सोरुकोटमा सेवा शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ । त्यसैगरी कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने नेपाल टेलिकमले जनाएको छ । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अतिदुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...