चुनावमा सघाउन प्रधानमन्त्री कार्कीको आग्रह, वातावरण बनाउन एमालेको शर्त

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

20
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को चुनाव समयमै गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रमुख प्रतिपक्षी एमालेसँग सहयोगको आग्रह गरेकी छन्।
  • एमालेले चुनाव विरोध नगरेको तर शान्ति–सुरक्षा र सहज वातावरण अझै तयार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
  • एमालेले भागेका कैदीहरू नपकडिनु, लुटिएका हतियार नफर्किनु तथा पूर्व–आइजीपी चन्द्रकुवेर खापुङलाई निगरानीमा राखिएको घटना जस्ता विषयले निष्पक्ष चुनावप्रति प्रश्न उठाएको भन्दै सुधारको माग गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आग्रह गरेकी छिन्।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेल लगायतका नेताहरूसँग भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै सहयोगका लागि आग्रह गरेकी हुन् ।

जवाफमा एमाले नेताहरूले चुनावका लागि अझै सहज वातावरण नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । भेटमा सहभागी एमालेका मुख्य सचेतक महेश कुमार वर्तौलाका अनुसार, एमालेले चुनावको विरोध नगरेको तर त्यसका लागि आवश्यक शान्ति सुरक्षा र सहज वातावरण निर्माण हुनुपर्नेमा जोड दिएको थियो ।

एमालेले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरू अझै पक्राउ नपरेको र लुटिएका हतियारहरू पूर्ण रूपमा फिर्ता नभएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

त्यस्तै, सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई निगरानीमा राखिनु जस्ता घटनाले पनि निष्पक्ष निर्वाचनको वातावरणमाथि प्रश्न उठाएको एमाले नेताहरूको भनाइ थियो । उनीहरूले यस्ता गतिविधि रोकेर सरकारले चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो समाचारमा

प्रतिनिधि सभानेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश कुमार वर्तौलाशंकर पोखरेल
सुशीला कार्की5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...