अविरल वर्षाले तारकेश्वरमा पहिरोको कहर, सरकारी उदासीनतामाथि स्थानीयको आक्रोश

Author

निरन्जन कार्की

२०८२ असोज २२, बुधबार

18
Share
Featured
  • काठमाडौं तारकेश्वर–७, पद्म चक्र स्कुल मुनि लगातार वर्षापछि ठूलो सुक्खा पहिरो खसेको छ।
  • पहिरोको तल करिब ४०० विद्यार्थी र ७–१० घरधुरी बसोबास गर्दा उनीहरू जोखिममा परेका छन्।
  • स्थानीय र सरोकारवाला व्यक्तिहरूले बारम्बार बजेट छुट्याए पनि पहिरो रोकथाम नहुने विषयमा चिन्ता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिका-७, पद्म चक्र स्कुल मुनि ठूलो सुक्खा पहिरो खसेको छ। लगातार तीन दिनसम्म परेको अविरल वर्षापछि हिजो (असोज २१) पहिरो खसेको हो।

पहिरोको माथि करिब ४०० विद्यार्थी रहेको पद्म चक्र स्कुल र ७-१० घरधुरी स्थानीयको बसोबास रहेको छ, जसका कारण उनीहरू जोखिममा परेका छन्। स्थानीय सरोज खड्काले सजिलो पत्रिकालाई बताएअनुसार, प्रत्येक वर्ष यो पहिरो रोकथामका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारबाट बजेट विनियोजन हुने गरेको छ।


स्थानीय किरण महर्जनले प्रत्येक वर्ष बजेट छुट्याए पनि पहिरो रोकथाम हुन नसक्नु दुःखलाग्दो कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस घटनाले उक्त क्षेत्रमा बसोबास गर्ने र विद्यालय जाने विद्यार्थीहरूको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...