पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

3
Share
Featured
  • प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दैछन्।
  • छलफलमा सेबोन, नेप्से, स्टक ब्रोकर, बीमा कम्पनी र विज्ञहरूको सहभागिता रहनेछ।
  • बैठकमा पुँजी बजार सुधार, नीतिगत परिवर्तन र अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वसीईओ सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन्। यस्तै, विज्ञ तथा सरोकारवालाका रूपमा प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा उपस्थित रहनेछन्।

छलफल विशेषगरी पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधार र समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरूमा केन्द्रित हुने सचिवालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...