बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

12
Share
Featured

बाग्मती नदीको कटानले कीर्तिपुरस्थित टौदहपूर्वका बस्ती जोखिममा परेका छन्।

स्थानीयले समयमै संरक्षण नगरे टौदहको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन्।

सीमांकनको विवादका कारण संरक्षणका लागि छुट्याइएको बजेटसमेत कार्यान्वयन हुन सकेको छैन।

समाचार सारांशGenerated using AI.

काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।

टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै संकटमा पर्छ ।’

बाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि बाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनले बताए । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका-४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउँछन् ।

 रेखांकन र सीमांकनको समस्या

विभिन्न निकायहरूले वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन्  । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउँछन् । ‘पटकपटक वाग्मती सभ्यतासँग गएर सीमांकन गरिदिन भनेका छौँ तर आजसम्म भएन ।’ सीमांकन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको उनले बताए ।

यो समाचारमा

कीर्तिपुर नगरपालिकाललितपुर महानगरपालिकादक्षिणकाली नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...