पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

5
Share
Featured
  • पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
  • अवरुद्ध सवारीसाधनहरू गन्तव्यतर्फ जान थालेका छन्।
  • प्रहरीले वर्षायाममा सतर्क भएर यात्रा गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु गरिएको हो। सडक खुलेसँगै सिन्धुलीको खुर्कोट र काभ्रेको भकुण्डेबेसी क्षेत्रमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्। प्रहरीले वर्षायाममा सडक अझै जोखिमपूर्ण हुन सक्ने भन्दै चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ। 

यो समाचारमा

सिन्धुलीरोशी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...