चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

7
Share
Featured

चितवन जिल्लामा विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत अर्थात् पाँच अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ।
पूँजीगत बजेट खर्च कम हुनुको मुख्य कारण ठेक्का सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न नहुनु रहेको बताइएको छ।
चालुतर्फ भने १४ अर्ब १८ करोड ४८ लाखमध्ये १३ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ।

समाचार सारांशGenerated using AI.

चितवन । चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत खर्च भएको छ ।

चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताए । उनले भने, ‘बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।’

चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाखमध्ये १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।सोमबार केही सञ्चारगृह र नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो । ती

    Data is loading...

    Loading brands...

    Loading footer...