१५ ठाउँको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

5
Share
Featured
  • नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका १५ ठाउँका पहिरो हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
  • वर्षाका कारण भतेरी, खोरखोला, सेतीदोभान, सिमलताल लगायतका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो, जसलाई रातभर उपकरण प्रयोग गरी हटाइएको हो।
  • पहिरोको जोखिम अझै रहेकाले स्थानीय प्रशासनले रातिको समयमा सकेसम्म यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरेको छ।
  • समाचार सारांशGenerated using AI.

    चितवन । नारायणगढ-मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ ।

    सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिए । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।

    इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

    त्यसमध्ये सेतीदोभान पूर्णरुपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । राति १ बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो ।

    सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    यो समाचारमा

    ट्यागहरू

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      नेप्से परिसूचक ६.११ अंकले बढ्यो

      काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.११ अंकले बढेर २०५७६.२६ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले उकालो लागेर ४५१.३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.३२ अंकले बढेर

      Data is loading...

      Loading brands...

      Loading footer...