साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान शिवको पूजा–आराधनाका लागि देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आज बिहानैदेखि पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ। दर्शनार्थीहरूले सहज रूपमा पूजा र दर्शन गर्न सकून् भनेर सुरक्षाकर्मी र स्वयंसेवकहरू ठूलो संख्यामा परिचालन गरिएको छ। पशुपति परिसरमा बोलबमको नारा र भजनकीर्तनले वातावरण आध्यात्मिक बनेको छ।

वैदिक सत्य सनातन हिन्दू परम्पराअनुसार साउन महिना र सोमबारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ। साउनको सोमबार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति, समृद्धि र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। आजको दिन विशेषगरी महिलाहरू हरियो वस्त्र, चुरा र मेहेन्दीमा सजिएर श्रद्धापूर्वक मन्दिर जाने गर्दछन्। अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गर्दै र विवाहित महिलाहरूले श्रीमानको दीर्घायुको कामना गर्दै सोमबारको व्रत बस्ने परम्परा छ।




काठमाडौँ उपत्यकाका पशुपतिनाथबाहेक भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, गोकर्णेश्वर लगायतका मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लामो लाम लागेको छ। उपत्यका बाहिरका चितवनको देवघाट, धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर र पोखराका विभिन्न शिव मन्दिरहरूमा पनि श्रद्धालुहरूको घुइँचो रहेको समाचार प्राप्त भएका छन्।

साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भए पनि सोमबारको दिनलाई अझ विशेष र फलदायी मानिने भएकाले आज देशभरका शिवालयहरूमा उत्सवमय वातावरण देखिएको छ। 










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...