अर्थ मन्त्रालयको नयाँ नियम: १५ सय डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

40
Share
Featured
  • अर्थ मन्त्रालयले अब कुनै व्यक्तिले १५ सय अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा राख्न नपाउने नियम लागू गरेको छ।
  • नेपाल आउने जो कोहीले ५ हजार डलरभन्दा बढी ल्याएमा भन्सारमा घोषणा गर्नुपर्नेछ, त्यसभन्दा कममा घोषणा आवश्यक छैन।
  • स्रोत खुलेको रकमलाई प्रयोग गर्न अवरोध नहुने तर स्रोत नखुलेको रकममा सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार कारबाही हुनेछ, र ठूलो कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाउने नयाँ नियम लागू गरेको छ। मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत् यो जानकारी दिएको हो।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइने सूचनामा उल्लेख छ।

अर्थमन्त्री रामेश्वर खनाल आएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीमा कडाइ गरिरहेको छ। यसै क्रममा नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्नुपर्नेछ। ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ।

स्रोत खुलेको रकम नगदमै सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा नहुने तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ। प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्ने पनि अर्थले जनाएको छ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न मन्त्रिपरिषदको असोज ५ को निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको छ। कानुन बमोजिम उपलब्ध गराइएका बाहेक अन्य सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र असोज १० गते नै गृह मन्त्रलयरक्षा मन्त्रालयसँग पत्राचार पनि गरिएको छ।

यो समाचारमा

अर्थ मन्त्रालयरक्षा मन्त्रालयरामेश्वर खनालगृह मन्त्रलय
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...