ट्रम्पको नयाँ दाबी: 'चीनसँग हाम्रो सम्बन्ध प्रतिस्पर्धात्मक होइन, सहकार्यको'

Author

सजिलो पत्रिका

२०८२ भदौ १८, बुधबार

35
Share
Featured
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र उत्तर कोरियाबीचको नजिकतालाई अमेरिकाका लागि चुनौती मान्न अस्वीकार गर्दै चीनसँग सहकार्यपूर्ण सम्बन्ध रहेको बताएका छन्।
  • बेइजिङमा दोस्रो विश्वयुद्धमा जापानमाथि विजयको ८०औं वार्षिकोत्सवको अवसरमा भव्य ‘विजय दिवस’ परेड आयोजना गरिएको छ, जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ।
  • परेडमा चीन, रुस, उत्तर कोरिया र नेपाललगायत देशका नेताहरू सहभागी भएका छन्, जसले नयाँ भू-राजनीतिक समीकरणको संकेत दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले चीन, रुस र उत्तर कोरियाबीच बढ्दो नजिकताले अमेरिकालाई चुनौती दिन सक्ने दाबीलाई अस्वीकार गरेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, "चीनलाई हाम्रो आवश्यकता हामीलाई चीनको भन्दा धेरै छ। मेरो र राष्ट्रपति सी चिनफिङबीच राम्रै सम्बन्ध छ।" यस भनाइले ट्रम्प प्रशासन चीनसँगको सम्बन्धलाई प्रतिस्पर्धात्मकभन्दा पनि सहकार्यको दृष्टिकोणबाट हेर्न इच्छुक रहेको संकेत गर्दछ।

यसैबीच, चीनको राजधानी बेइजिङमा आज (बुधबार) दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ८०औँ वर्षगाँठको अवसरमा भव्य 'विजय दिवस' परेड आयोजना गरिएको छ। यस परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका थुप्रै नेताहरूलाई आतिथ्य प्रदान गरेका छन्।

यो परेडलाई चीनको बढ्दो सैन्य शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन पनि सहभागी भएका छन्, जसले भू-राजनीतिक समीकरणमा यी राष्ट्रहरूको आपसी सम्बन्धको महत्वलाई दर्साउँछ। नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पनि यस परेडमा सहभागी थिए।

अमेरिकाले यी राष्ट्रहरूको नजिकतालाई चुनौतीका रूपमा नहेरेको भनाइ सार्वजनिक गरे पनि, बेइजिङमा भएको यो शक्ति प्रदर्शनले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपेको छ।

यो समाचारमा

काठमाडौँडोनाल्ड जोन ट्रम्पचीनभ्लादिमिर पुटिन
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...