एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

3
Share
Featured
  • चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट गत आर्थिक वर्ष ५ जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमध्ये ३ जना गैंडा, २ जना हात्ती र १ जना बाघको आक्रमणका कारण ज्यान गुमाएका हुन्।
  • मृतकका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपालिकाका रहेको निकुञ्जले जनाएको छ ।

अघिल्लो आव २०८१/८२ मा १३ जना र आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो । निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...