स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured
  • स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बने।
  • स्कालोनीले खेलाडी र प्राविधिक टोलीले अन्तिमसम्म पूरा प्रयास गरेको बताए।
  • उनले भविष्यबारे अर्जेन्टिना फुटबल महासंघसँग छलफल गर्ने संकेत दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।

उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी माग्दै बाहिरिए।

‘मलाई यो अवसर दिएकामा म अध्यक्षलाई धन्यवाद दिन्छु। यो सबैका लागि सपनाको ठाउँ थियो’, बाहिरिनुअघि पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले अन्तिम मिनेटसम्म आफ्नो तर्फबाट पूरा प्रयास गर्‍यौँ। प्राविधिक टोली र खेलाडीहरूले पनि धेरै मिहिनेत गरे। मलाई लाग्छ- मेरा लागि केही समय निकालेर यसबारे सोच्नु ठिक हुनेछ।’

अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीको सम्झौता आगामी डिसेम्बरमा सकिँदै छ। उनले यस विषयमा अर्जेन्टिना फुटबल महासंघका अध्यक्षसँग कुरा गर्ने बताए।

‘म अध्यक्षसँग कुरा गर्नेछु। मेरो मनमा एउटा विचार छ। म मेरो सम्झौता पूरा गर्नेछु’, उनले पत्रकार सम्मेलनमा भने, ‘यति ठुलो उपलब्धि दोहोऱ्याउन सकिन्छ वा सकिँदैन, मलाई थाहा छैन।’

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...