इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

5
Share
Featured
  • अमेरिकाले इरानमाथि लगातार नवौँ रात हवाई आक्रमण गर्दै आणविक ऊर्जा केन्द्र आसपासका क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ।
  • उत्तरी इराकमा ड्रोनको बम निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ।
  • अमेरिका–इरान द्वन्द्व चर्किँदै जाँदा पश्चिम एसियामा पूर्णकालीन युद्धको जोखिम थप बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । अमेरिकाले इरानमाथि लगातार नवौँ रात भीषण हवाई आक्रमण जारी राखेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र इरानी खतरा कम गर्न यो आक्रमण गरिएको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले निर्माणाधीन डार्खोभिन आणविक ऊर्जा केन्द्र क्षेत्रलाई लक्षित गरी कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ। यस्तै, अमेरिकी सेनाले समुद्री नाकाबन्दीलाई कडा पार्दै ६ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको र एउटा जहाजलाई निष्क्रिय पारेको जनाएको छ।

यसैबीच, उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको छ। योसँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या १७ पुगेको छ। दुवै देशबीचको आक्रमण उग्र बन्दै जाँदा पश्चिम एसियामा पूर्णकालीन युद्धको जोखिम झनै बढेको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...