सङ्घीय संसद

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् त कार्यसूची ?

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

31
Share
Featured
  • प्रतिनिधि सभाको छैटौँ अधिवेशनको ३७ औँ बैठक सोमबार बिहान ११ बजे बस्दै छ।
  • बैठकमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
  • विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
  • राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

वन तथा वातावरण मन्त्रलय, संघीय मामिला तथा सामान्य प्रशासन,ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

युवा तथा खेलकुद मन्त्रलय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रलयसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित विभागीय मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै बस्दैछ । दिउँसो १ः १५बजे बस्ने बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो समाचारमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसञ्चार तथा सूचना प्रविधि मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय22 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...