गणेश नेपालीको शव वीरबाट त्रिवि शिक्षण अस्पताल लगियो

Author

सजिलो पत्रिका

२०८३ असार २७, शनिबार ०८:४७

13
Share
Featured

काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल लगिएको हो ।

वीर अस्पताल स्रोतका अनुसार परिवार र सरकारबीच सहमति हुन नसकेकाले शव आफन्तले अझै बुझिसकेका छैनन् । वीर अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी चेन (फ्रिज) नभएकाले शव शिक्षण अस्पतालमा सारिएको बताइएको छ ।

सरकार र गणेशका आफन्तबीच शुक्रबार अनौपचारिक वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । दुवै पक्षबीच आज पुनः वार्ता गर्ने तयारी भइरहेको छ।

गणेशका आफन्तले सरकारी निकायको ज्यादती र व्यवहारका कारण उनले आत्मदाह गर्न बाध्य भएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू