सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

7
Share
Featured
  • सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गरेको छ।
  • कर्मचारीलाई कार्यालय वा सार्वजनिक स्थलमा धूम्रपान, मदिरापान र जुवातास खेल्न निषेध गरिएको छ।
  • उपहार वा आतिथ्यता स्वीकार गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।

आचारसंहितामा कर्मचारीले कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार वा आतिथ्यता स्वीकार गर्न पनि पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ। आफूलाई व्यक्तिगत फाइदा पुग्ने कुनै पनि अमर्यादित कार्यमा संलग्न हुन नहुने गरी सरकारले कर्मचारीको आचरणमा कडाइ गरेको हो। यस व्यवस्थाले सार्वजनिक सेवालाई थप मर्यादित र अनुशासित बनाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...