
काठमाडौँ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभाबाट पारित भई आएका चारवटा महत्त्वपूर्ण विधेयकमाथि आज दफाबार छलफल गरेको छ। समितिका सभापति कृष्णबहादुर रोकायले यी विधेयकसम्बन्धी प्रतिवेदन आजै राष्ट्रियसभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।छलफल भएका विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान...