सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

6
Share
Featured

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।

नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री बानियाँले भने, ‘प्रदेशका विभिन्न जिल्लामा पर्ने सडकको स्तरोन्नति, कालोपत्रे, पक्की पुल निर्माण गर्ने स्पष्ट नीति हामीले अघि सारेका छौँ ।’

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो ‍औँल्याए ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

त्यस अवसरमा हेटौंडा उपमहापालिका-५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्वप्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो ।

अधिवेशनमा उक्त संघको नयाँ नेतृत्वको चयन गर्ने संघका महासचिव सरोज खनालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...