नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

5
Share
Featured

बाँके । नेपालगन्ज उप-महानगरपालिकाका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

नेपालगन्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ । नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवर्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटले प्राथमिकता दिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत जोडिएपछि दुई जिल्लाबीचको आवतजावत सहज भएको छ ।गत फागुन १६ गते बागलुङको निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको मनिमर्फेस क्षेत्रमा सडकको ‘ट्रयाक’ जोडिएसँगै ढोरपाटन(तकसेरा सडक सञ्चालनमा आएको हो ।नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको

    Data is loading...

    Loading brands...

    Loading footer...