कार्यपालिका बैठक बोलाउन मेयर बालेन र उपमेयर सुनिताबीच सहमति

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

52
Share
Featured

काठमाडौँ,जेठ २९ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच रोकिएको कार्यपालिका बैठक पुनः सञ्चालन गर्ने सहमति भएको छ। बुधबार मेयर शाह, उपमेयर डंगोल र वडा नं. १५, १७, ३२ का अध्यक्षहरूसहितको बैठकले उक्त सहमति गरेको हो।

महानगरका प्रवक्ता नवीन मानन्धरले अब छिट्टै कार्यपालिका बैठक बस्ने गरी सहमति जुटेको जानकारी दिए। यो सहमतिसँगै लामो समयदेखि महानगरको कार्यपालिका बैठकमा देखिएको गतिरोध अन्त्य हुने भएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ महानगरपालिकासुनिता डंगोलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...