
काठमाडौँमहालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। महालेखा परीक्षक तोयम रायाले बिहीबार शीतल निवास पुगेर उक्त प्रतिवेदन पेस गरेका हुन्। महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन सरकारको आर्थिक अनुशासन, खर्च प्रणाली र वित्तीय व्यवस्थापनको अवस्था समेटेर तयार गरिएको हो। राष्ट्रपति समक्ष प्रतिवेदन पेस गर्नु...