नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

24
Share
Featured

काठमाडौँ

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन तथा वातावरण,भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलनेपाल पर्यटन बोर्डशीतल निवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...