श्रममन्त्रीमा दीपककुमार साह

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । साह महोत्तरी–२ बाट निर्वाचित हुनुहुन्छ ।   


लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गर्नुभएको छ ।

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गर्नुभएको छ ।

उहाँले विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुल्नुभएको छ । साह मैथिली कला, भाषा तथा साहित्यको राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न पनि सक्रिय हुनुहुन्थ्यो ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीदीपक कुमार साहशीतल निवास
महोत्तरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...