राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार १९:३३

19
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले संविधान र कानुनका अगाडि सबै समान र सबैको समान संरक्षण भन्ने न्यायिक मूल मन्त्र साकार पार्न न्याय प्रशासनलाई छिटो, छरितो, पहुँच योग्य र जनउत्तरदायी बनाई न्यायपालिकाप्रतिको जनआस्था र विश्वास दरिलो बनाउनसके न्यायपालिकाको मूल्यमान्यता सधैँ जीवन्त रहने बताउनुभयो । 

उहाँले पछिल्लो समय समग्र न्यायिक प्रक्रियामा आधुनिक तथा समसामयिक विधि र पद्धतिको अभ्यास हुन थालेको उल्लेख गर्दै सूचना प्रविधिको प्रयोगले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मको समग्र न्यायिक प्रक्रियामा सहजता तथा पारदर्शिता कायम हुनु अनुकरणीय रहेको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “समाजमा बढ्दो अमर्यादा र आरोपप्रत्यारोपले चौतर्फी रुपमा परोक्ष र प्रत्यक्ष प्रभाव पारिरहेको भए पनि न्यायिक सुशासन कायम गर्नेतर्फ अभयपूर्वक सदैव अग्रसर हुनुको विकल्पसमेत नरहेको हुँदा विभिन्न प्रतिवेदनमा उठाइएका महत्वपूर्ण सुझावलगायत विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्न साथै न्यायिक स्वतन्त्रतासँगै न्यायिक उत्तरदायित्वलाई मजबुत बनाउन उचित कदम चाल्नुपर्नेतर्फ न्यायपालिकाको नेतृत्व केन्द्रित हुनुपर्ने ठान्दछु ।”

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलसर्वोच्च अदालत

ट्यागहरू

#सर्वोच्च अदालत#शीतल निवास#प्रकाशमानसिंह राउत#रामचन्द्र पौडेल#राष्ट्रपति रामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार

    sajilo patrika

    रोजगारी सुनिश्चित नहुने तालिम बन्द गर्न श्रममन्त्रीको निर्देशन

    शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    भर्खरै

    News Image

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    News Image

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    News Image

    रोजगारी सुनिश्चित नहुने तालिम बन्द गर्न श्रममन्त्रीको निर्देशन

    News Image

    शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू