रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

Author

सजिलो पत्रिका

२०८३ असार २२, सोमबार

15
Share
Featured

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ ।

विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताए । “कुलो छन्, तर पानी छैन, मर्मत नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्”, उनले भने ।

मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइका अनुसार अहिले अधिकांशले पम्पसेटमार्फत सिँचाइ गरिरहेका छन् । किसानहरुले तीन–चार वटा पम्पसेट एकैसाथ सञ्चालन गरेर रोपाइँ भइरहेको उनको भनाइ छ । 

स्थानीयका अनुसार मर्चवारसहित रुपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिँचाइ प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले यस्तै समस्या भोग्दै आएका छन् । भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत् खर्च र मौसमको अनिश्चितताले खेतीको लागतसमेत उल्लेखनीय रूपमा बढाएको उनीहरूको भनाइ छ ।

यो समाचारमा

लुम्बिनी सांस्कृतिक नगरपालिकारुपन्देही

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...