रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएको हो ।

आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेस संग ऐजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नं २का क्षेत्रीय अध्यक्ष राम वहादुर थापाले जानकारी दिएका हुन् ।

‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्वान्त र बैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा नकांग्रेससंग एजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र २ को संगठनलाई एकत्रित गरी राख्न र मुद्दामा वहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ती र आम जनसमुदायमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा देश र जनताप्रति सँधै उत्तरदायी भूमिकामा रही आएको उल्लेख गर्दै राप्रपाले विवेकपूर्ण तवरले निर्णय लिएर देश र जनताको स्वाभिमानलाई उच्च बनाई राखेका विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँनेपाली काँग्रेसरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...