रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

18
Share
Featured

काठमाडौँ

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा एकैदिन रु एक करोडको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो । बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेको सामानमा सुन काट्न प्रयोग हुने सामान, पित्तलको पाता, सुन, खरबुजा, केरा, अङ्गुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामान, बोइलर कुखुराको मासु, भारतीय नम्बर प्लेटको जिप, मोटरसाइकल, बोइलर कुखुरा, हरियो खुर्सानी, गम्छा, साइकल, धागो, युरिया मललगायत रहेका छन् ।

यो समाचारमा

काठमाडौँरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...