यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायद्वारा उम्मेदवारी घोषणा

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

29
Share
Featured
  • समावेशी समाजवादी पार्टीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक र पछाडि परिएका समुदायबाट देशभर समानुपातिक र प्रत्यक्ष उम्मेदवार घोषणा गर्दै अधिकार सुनिश्चितताका लागि सबै दलसँग समर्थन मागेको छ।
  • संरक्षक सुनिल बाबु पन्तले समानुपातिक मतलाई समुदायको अनौपचारिक जनगणना ठहर गर्दै ‘श्रीवत्स’ चुनाव चिन्हमा भोट दिन आग्रह गरे भने पार्टी अध्यक्ष नुमा लिम्बु ‘चन्चला’सहित विभिन्न उम्मेदवारले फरक–फरक क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन्।
  • पार्टीले परम्परागत र पितृसत्तात्मक सोचविरुद्ध समावेशी प्रतिनिधित्व अपरिहार्य भएको बताउँदै संसदमार्फत पूर्ण अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

समावेसी समाजवाद पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसंख्यक सहित पाछाडी परिएका समुदायबाट उम्मेदवारहरु घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरुलाई आफ्ना उम्मेदवारहरुलाई साथ दिन आग्रहसमेत गरेको छ ।

पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह‘श्रीवत्स’मा भोट दिन आग्रह गरे ।

पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरु पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउँदै भने,‘यो चुनावको समानुपातिक मत परिणामले हाम्रो अनौपचारिक जनगणना हुने र त्यसले हाम्रो राजनीतिक उपस्थितिलाई थप बलियो बनाउने छ ।’

पार्टी अध्यक्ष नुमा लिम्बु ‘चन्चला’ले आफू मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने बताईन् । उनले आफूहरुका प्रतिस्पर्धी अरु कोही नभएकाले सबै पार्टीहरुलाई सहयोग गर्न अनुरोध गरिन् । एमाले, काँग्रेस, नेकपा, रास्वपालगायतले आफूहरुको उम्मेदवारीलाई समर्थन गर्न अपिल गरिन् ।

रुपन्देही २ बाट उम्मेदवार दिएका देवेन्द्र बहादुर खत्रीले आफूहरुको संघर्षबाट स्वतन्त्ररुपले समाजमा हिंड्ने अवस्था भए पनि पूर्ण अधिकारका लागि यो चुनावमा भाग लिएको बताए ।

नेपालमा पहिलो समलिङ्गी विवाह कानुनीरुपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी परम्परागत तथा पितृसत्तात्मक सोच र व्यवहारविरुद्ध भएको बताए । पाण्डेले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारी दिएको र सबै दलहरुलाई सघाउन अपिल गरे ।

काभ्रे क्षेत्र नम्बर १ को प्रत्क्ष उम्मेदवार बिनोद लामा(कोनिका)ले पुरनाहरुले लैङ्गिक अल्पसंख्यकका मुद्धा वेवास्ता गरेका कारण आफूहरुले छुट्टै पार्टी बनाएर चुनाव लड्नु परेको जनाईन् ।

काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्ष उम्मेदवारी दिएका पूर्णचन्द्र पौडेलले उत्पीडित तथा सीमान्तकृत समुदायको दबाईको आवजलाई बुलन्द गर्न आफूहरुको उपस्थिति अनिवार्य भएको बताए ।

पार्टीको समानुपातिक उम्मेदवार दृष्टिविहिन–समलिङ्गी महिला प्रतिक्षा चापागाईले आफूहरु जस्तै व्यक्तिहरुलाई संसदमा पुगेर आफ्ना अधिकार कानूनमा लिपिबद्ध गर्न समावेशी प्रतिनिधित्व अत्यावश्यक रहेको बताइन् ।

समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिं दनुवारले सबै दलका नेताहरुसँग आफ्नो पार्टीका उम्मेदवारहरुलाई सर्वसम्मत विजयी गराउन अनुरोध गरे । दनुवारले समावेसी कलस्टर अनुसार १५ जना समानुपातिक उम्मेदवारहरु निर्वाचन आयोगमा दर्ता भएको र ६ जना प्रत्यक्षत निर्वाचन लड्ने जनाकारी दिए । त्यसैगरी ओखलढुङ्गा क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्न पिङ्की राईले चुनाव लड्ने जनाकारी दिए ।

यो समाचारमा

रुपन्देहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...