
काठमाडौँ ।साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानको सामना गर्दैछ। बंगलादेशको ढाकामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।उपाधि होडमा रहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। हाल नेपाल र आयोजक बंगलादेशको समान ९ अंक छ। यसअघि प्रतियोगिताको पहिलो भेटमा नेपालले भुटानलाई ६-१ को फराकिलो गोल...