क्रिस्टियानो गिरेलीको दुई गोलमा इटाली २८ वर्षपछि युरोको सेमिफाइनलमा

Author

सजिलो पत्रिका

२०८२ साउन ०१, बिहिबार

19
Share
Featured
  • क्रिस्टियानो गिरेलीका दुई गोलको मद्दतमा इटालीले नर्वेलाई २–१ ले हराउँदै सन् १९९७ पछि पहिलो पटक महिला युरो कपको सेमिफाइनलमा स्थान बनाएको छ।
  • पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा गिरेलीले अग्रता दिलाइन्, हेगरवर्गले बराबरी ल्याइन्, तर अन्तिम समयमा गिरेलीको दोस्रो गोल निर्णायक बन्यो।
  • ३५ वर्ष ८४ दिनकी गिरेली महिला युरो कपको एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा बढी उमेरकी खेलाडी बनेकी छिन्, र उनले देशका लागि ६१ गोल पूरा गरेकी छिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 स्टार फरवार्ड क्रिस्टियानो गिरेलीको दुई गोलको मद्दतमा इटालीले नर्वेलाई पराजित गर्दै महिला युरो कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । रोमाञ्चक खेलमा इटालीले नर्वेलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो ।

यो जितसँगै इटाली सन् १९९७ पछि पहिलो पटक महिला युरो कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । २८ वर्षअघि सन् १९९७ को संस्करणमा इटाली फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पाँचौँ मिनेटमा गिरेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाइन् । तर, खेलको ६६औँ मिनेटमा नर्वेकी हेगरवर्गले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् ।

खेल बराबरीमा सकिने अनुमान गरिएको बेला, खेल सकिन केही मिनेट मात्र बाँकी छँदा गिरेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इटालीको जित सुनिश्चित गरिन् ।

यस खेलसँगै ३५ वर्ष ८४ दिनकी गिरेली महिला युरो कपको एउटै खेलमा एकभन्दा बढी गोल गर्ने सबैभन्दा बढी उमेरकी खेलाडी बनेकी छिन् । युभेन्टसकी फरवार्ड गिरेलीले आफ्नो देशका लागि ६१ गोल गरिसकेकी छिन् ।

अब इटालीले फाइनल प्रवेशका लागि आगामी मंगलबार इंग्ल्यान्ड र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचारमा

इटालीकाठमाडौँनर्वे

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...