साफ यू-२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ असार २७, शुक्रबार

67
Share
Featured
  • आज (जुलाई ११) देखि बंगलादेशको ढाकामा साफ यु-२० महिला फुटबल च्याम्पियनसिप सुरु भएको छ।
  • नेपालले आज साँझ ६:१५ बजे भुटानसँग आफ्नो पहिलो खेल खेल्दै च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ।
  •  प्रतियोगितामा नेपाल, भुटान, श्रीलङ्का र आयोजक बंगलादेश गरी चार राष्ट्र सहभागी छन्, जुन जुलाई ११ देखि २१ सम्म चल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ यु-२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेश मा सुरु हुँदैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ।

यो खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। नेपाल र भुटानबीच यु-२० स्तरमा यो दोस्रो भेट हो। दुई वर्षअघि बंगलादेशमै भएको च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० को एकतर्फी नतिजामा पराजित गरेको थियो, जसका कारण नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ।

च्याम्पियनसिपको उद्घाटन खेलमा भने आज दिउँसो ३ बजे आयोजक तथा साविक विजेता बङ्गलादेश र श्रीलङ्का भिड्दैछन्।

जुलाई ११ देखि २१ सम्म चल्ने यस प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका र आयोजक बंगलादेश गरी चार राष्ट्रको सहभागिता रहेको छ।

यो समाचारमा

काठमाडौँबंगलादेशनेपालढाका
श्रीलंका5 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...