नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा आज श्रीलंकासँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ साउन ०१, बिहिबार

29
Share
Featured
  • साफ यू–२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज दिउँसो पौने ३ बजे श्रीलंकासँग दोस्रो खेल खेल्दैछ।
  • नेपालले अहिलेसम्म तीन खेलमा दुई जित (श्रीलंका ७–०, भुटान ६–१) र एक हार (बंगलादेशसँग ३–२) दर्ता गरेको छ।
  • चार टोली सहभागी डबल राउण्ड रोबिन फर्म्याटमा चलिरहेको प्रतियोगिता जुलाई २२ सम्म चल्नेछ, जसमा शीर्ष स्थानमा रहने टोली नै विजेता हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ। 

जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित हुन पुग्यो। 

त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ। नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। 

डबल राउण्ड रोबिनका आधारमा भइरहेको खेलमा हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने टोली विजेता हुने छ। नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।

यो समाचारमा

श्रीलंकाकाठमाडौँनेपालबंगलादेश

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...