
काठमाडौँनेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिबारे टिप्पणी गरेका हुन्।भण्डारीले पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता डॉ. शेखर कोईराला समूहतर्फ संकेत गर्दै उनीहरूको गतिविधिप्रति आलोचना गरेका छन्। उनले पाका नेताहरूले देखाउनुपर्ने संयम...