कांग्रेसको 'संकटमोचक' बन्दै भण्डारी र शर्मा? विशेष महाधिवेशनलाई दिए नयाँ नाम

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

38
Share
Featured
  • कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा पार्टी एकता जोगाउन विशेष महाधिवेशन आवश्यक रहेको निष्कर्षमा पुगेका छन्।
  • भण्डारीले विशेष महाधिवेशनलाई ‘नीति’ वा ‘संकल्प अधिवेशन’को रूपमा अघि बढाउन प्रस्ताव गर्दै पार्टी विभाजन हुन नदिने प्रतिबद्धता जनाए।
  • सुनिल शर्माले विधान बेवास्ताका कारण पार्टी संकटमा परेको भन्दै दुवै पक्षलाई लचकता अपनाउन र मध्यमार्गी समाधान खोज्न आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चुलिएका बेला नेताहरू डा. चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । उनीहरूले पार्टीलाई फुटबाट जोगाउन र एकताबद्ध बनाउन विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै नेता भण्डारीले विशेष महाधिवेशनलाई 'नीति महाधिवेशन' वा 'संकल्प अधिवेशन' को रूपमा अघि बढाउन प्रस्ताव गरे । "विशेष महाधिवेशनको नाममा देशभरबाट आउनुभएका साथीहरूलाई उत्साहित बनाएर चार महिनापछि हुने नियमित महाधिवेशनमा आउने गरी पठाऔँ," उनले भने ।

भण्डारीले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता जनाउँदै इतिहासले सुम्पेको दायित्व पूरा गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।

अर्का नेता सुनिल शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्ता गर्दा पार्टी संकटमा परेको बताए । "विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण कांग्रेस अहिले भिरको डिलमा पुगेको छ," उनले भने ।

दुवै नेताले महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्मासँग भेटेर पार्टीलाई एकताबद्ध राख्ने गरी मध्यमार्गी विकल्प खोज्न आग्रह गरेको जानकारी दिए । उनीहरूले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधर दुवैलाई लचक हुन आग्रह गरेका छन् ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसडा. चन्द्र भण्डारीकाठमाडौँ
विश्वप्रकाश शर्मा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...