कांग्रेसभित्रको समानान्तर गतिविधिप्रति चन्द्र भण्डारीको असन्तुष्टि, ‘गतिछाडा नबन्न’ सुझाव

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

19
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिबारे टिप्पणी गरेका हुन्।

भण्डारीले पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता डॉ. शेखर कोईराला समूहतर्फ संकेत गर्दै उनीहरूको गतिविधिप्रति आलोचना गरेका छन्। उनले पाका नेताहरूले देखाउनुपर्ने संयम र जिम्मेवार राजनीतिक व्यवहार हराउँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले ‘झगडा राजनीति हो ? हारमा झगडा, जितमा झगडा, न धैर्यता, न विधि’ भन्दै प्रश्न उठाएका छन्। साथै उनले यस्तो गतिविधिलाई पाका नेताहरूबाट सुहाउँदो नभएको टिप्पणी गर्दै ‘गतिछाडा’ व्यवहार नगर्न सुझाव दिएका छन्।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासमा विचार फरक हुन सक्छ तर त्यसलाई विवाद र विभाजनतर्फ लैजानु गलत हो। उनले सबै नेता तथा कार्यकर्तालाई पार्टीको विधि, मूल्य र मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गरेका छन्।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडॉ. शेखर कोईरालापूर्ण बहादुर खड्का
डा. चन्द्र भण्डारी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...