पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन् : चन्द्र भण्डारी

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

65
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे ।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।

उनले भने,‘अब परिवर्तन र नयाँ सोचको आवश्यक छ । पदमाथि पद बाँडेर ,ठूला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैनरहेछ । यो हाम्रो ३४ वर्षको उदाहरण हो । व्यक्ति विचारले चल्छ अवसरले चल्दैन् । सही मानिसमा अवसर गए मुलुक बन्छ । असल मान्छे छैन् भने जति अवसर दिएपनि मुलुक बन्दैन ।’

त्यस्तै उनले आफ्नो वरिपरी आफ्नो कार्यकर्तालाई शासन सत्ता दिएर मुलुक बन्दैन रहेछ भन्ने महशुस आज सबैलाई भएको धारणा राखे ।

नेता भण्डारीले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै देश अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनबाट एक ढिक्का भएर जानुपर्ने बताए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँडा. चन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...