५ अंकले घट्यो नेप्से

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

4
Share
Featured
  • नेप्से परिसूचक बिहीबार ५.०६ अंकले घटेर २७००.४७ अंकमा पुगेको छ।
  • ३४७ कम्पनीको ७७.४३ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
  • आखुँखोला जलविद्युत्को सबैभन्दा बढी कारोबार भएको छ भने एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लागेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३४७ कम्पनीको ७७ लाख ४३ हजार ०३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको भाउ तोलामा १२ सयले घट्यो, चाँदी पनि सस्तियो

    काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिनसम्म बढेको सुनको मूल्य आज (बुधबार) घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार) सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।गत

    Data is loading...

    Loading brands...

    Loading footer...