काठमाडौँ ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको छ।
आज बजारमा ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनीको (३८ करोड ८५ लाख रुपैयाँ) भएको छ।
आजको बजारमा सोपान फर्मासयुटिकलसका लगानीकर्ताले १४ प्रतिशतभन्दा बढी नाफा कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी गुमाएका छन्। समग्रमा आज १३ वटा उपसमूहमध्ये अधिकांशको सूचक राताम्मे देखिएको छ।