सुरक्षा निकायमा राजनीतिक चलखेल अन्त्य भयो, गलत गर्नेलाई छाड्दैनौँ - गृहमन्त्री गुरुङ

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

5
Share
Featured
  • गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गर्दै गलत गर्नेलाई कुनै छुट नदिने बताएका छन्।
  • विपद् व्यवस्थापनका लागि सडक अवरोध हटाउन डोजर तथा उपकरण ट्र्याक गर्ने डिजिटल प्रणाली विकास गरिएको उनले जानकारी दिए।
  • गृह र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय गरी विपद् व्यवस्थापन र राजमार्ग सञ्चालन प्रभावकारी बनाइने उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल पूर्ण रूपमा अन्त्य भएको दाबी गरेका छन्। बिहीबार विपद् व्यवस्थापन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री गुरुङले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा सरकार निर्मम रूपमा प्रस्तुत हुने बताए। उनले गलत गर्ने व्यक्ति आफ्नै पार्टीको भए पनि कुनै सहुलियत नदिइने र कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।

विपद् व्यवस्थापनको तयारीबारे जानकारी दिँदै गृहमन्त्रीले बाढी-पहिरोका बेला अवरुद्ध सडक तत्काल खुलाउन 'डिजिटल प्रणाली' विकास गरिएको बताए। "राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित यो प्रणालीमार्फत डोजर तथा अन्य उपकरणहरू कुन स्थानमा छन् भन्ने पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिनेछ," उनले भने।

राजमार्गहरूमा हुने अवरोध हटाउन गृह र भौतिक पूर्वाधार मन्त्रालयबीच निरन्तर समन्वय भइरहेको बताउँदै उनले विगतका सरकारका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए। सुरक्षा निकायको मुख्य धर्म नागरिकको सेवा गर्नु रहेको र त्यसका लागि सबै सुरक्षा प्रमुखहरूसँग आवश्यक छलफल भइसकेको उनको भनाइ थियो।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...