नेप्सेमा ६.३१ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब माथि

Author

सजिलो पत्रिका

२०८३ असार ०२, मङ्गलबार

3
Share
Featured
  • नेप्से परिसूचक ६.३१ अङ्कले घटेर २७०५.४५ विन्दुमा बन्द भएको छ।
  • ४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा अधिकांश (११ वटा) उपसूचक नकारात्मक देखिएका छन्।
  • सोपान फर्मास्युटिकल्स (१५%) र एपोलो हाइड्रोपावर (१४.९८%) ले सर्वाधिक वृद्धि गर्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) ६.३१ अङ्कको सामान्य गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २७०५.४५ विन्दुमा झरेर बन्द भएको हो।

परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३५५ कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका १३ उपसूचकहरूमध्ये व्यापार र म्युचुअल फन्ड बाहेक बाँकी ११ वटा उपसूचक नकारात्मक देखिएका छन्।

आज सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १५ प्रतिशत र एपोलो हाइड्रोपावरको १४.९८ प्रतिशतले बढेको छ। अर्कोतर्फ, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ४.९० प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा ३१ करोड ९९ लाख रुपैयाँसहित आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो भने सिद्धार्थ बैंक र रिलायन्स स्पिनिङ मिल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। आज कुल १७७ कम्पनीको मूल्य घट्दा ८० वटाको बढेको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको भाउ तोलामा १२ सयले घट्यो, चाँदी पनि सस्तियो

    काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिनसम्म बढेको सुनको मूल्य आज (बुधबार) घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार) सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।गत

    Data is loading...

    Loading brands...

    Loading footer...